
पथरी । पथरी शनिश्चरे नगरको स्वास्थ्य शाखाले क्षयरोगीहरुलाई पौष्टिक आहार वितरण गरेको छ ।
विराट नेपाल मेडिकल ट्रष्ट (बी.एन.एम.टी) को सहयोगमा विहिबार एक कार्यक्रमको बीच नि:शुल्क पौष्टिक आहारहरु वितरण गरिएको हो ।
खाद्य सामाग्री वितरण अघि पथरीशनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको प्रमुख आतिथी रहेका थिए । स्वास्थ्य कार्यालय मोरङको सरुवा रोग सम्बन्धी फोकल पर्सन मुलुक चन्द राजवंशी, पथरीशनिश्चरे नगर स्वास्थ्य प्रमुख मुरारी आचार्य, स्वास्थ्यकर्मी जगत मगरले क्षयरोग यसका लक्षण र सर्ने तरिकाहरु बारे जानकारी दिएका थिए ।
स्वास्थ्य सम्वन्धी कार्यक्रमपछि नगरमा रहेका १४ जना क्षयरोगीलाई चमाल, दाल, तेल, चना, सर्वाेत्तम पिठो, अण्डा र सोयविन वितरण गरिएको जनाएको छ । खाद्यान्न ६ महिनासम्म निरन्तर वितरण गरिने विराट मेडिकल ट्रष्टका कार्यक्रम संयोजक पुनम बिष्टले जनाइन ।





