संखुवासभा । सुनका गहना लुट्न बृद्धाको हत्या गर्ने एक ब्यात्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
खाँदबारी नगरपालिका ९ तुम्लिङटारकी वर्ष ६२ की दिलकुमारी घिमिरेको हत्यामा संलग्न धरान जिरोपइन्ट घर बताउने दिपेन नाम बताउने वर्ष ३० का आकास राईलाई प्रहरीले पक्राउ गरेको हो ।
माघ ११ गते राईलाई धरान देसीलाइनबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
माघ ६ गते राती राईले वृद्धा घिमिरेको हत्या गरेको र घटना भएको स्थानबाट १ सय ५० मिटर पर मृतकले प्रयोग गर्ने मोवाइल, थैली र रगत लतपतिएको बन्चरो फेला परेपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।
अनुसन्धानको क्रममा वृद्धालाई हत्या गरे पश्चात सुनका गहना लुटेर राईले धनकुटा पाख्रीबासमा संचालित रुपक ज्वलेर्सका संचालक धनमाया बिकलाई ४७ हजारमा बिक्रि गरेको र सोही सुनलाई धनमायाले सोही ठाँउमा संचालित बिबेक ज्वलेर्सका संचालक देबहादुर बिकलाई ५८ हजारमा बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी गरायो ।
बिल बिनाको सुन खरिद/बिक्री गर्ने सुनचाँदी पसल संचालकद्धय धनमाया र देबहादुरलाई चोरी तथा डाँका मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
हत्यामा संलग्न राई केही महिना अगाडी देखी तुम्लीङटारमा डेरा लिएर बस्ने गरेका थिए । हत्यामा संलग्न राई सिसिटिभी फुटेज र प्रहरीको प्राबिधिक सहयोगमा अनुसन्धान गरेर पक्राउ गर्न सफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया