भिम राई (किरात) पथरी निजी निवासमा
विजय खम्बु
पथरी । भिम राई (किरात) हाल मकाउमा कार्यरत छन । विगत २० वर्षदेखी बैदेशिक रोजगारीका लागी मकाउमा कार्यरत रहेपनि नेपालका लागी बिभिन्न संघ संस्थाको माध्यमबाट समाजसेवा गरिरहेका हुन ।
उमेरले ६३ वर्ष पुगेका भिम राई सहित मकाउमा कार्यरत रहेका २७/२८ जना किरात राई समुदायका युवाहरु २०१६ मा भेला भएर किरात राई यायोक्खा मकाउ गठन गरेका थिए ।
संगठित भएपछि मकाउको भ्यानिसियन क्याफडेमा साकेला सिल्ली प्रर्दशन गरेको बताउछन ।

पहिचानबादी नेता अर्जुन जम्नेली राई, शैक्षिक अभियान्ता प्रदिपकुमार राई संचारकर्मी सन्तोष राई सहितको तस्वीर
कि.रा.या. मकाउको संस्थापक अध्यक्ष भएर २ कार्यकाल काम गरेका भिम राईले २०२१ सम्मेलन गरी राकेश राईको अध्यक्षता नयाँ नेतृत्व चयन गर्दै अवकास लिएका थिए । हाल किरात राई यायोक्खा मकाउको अध्यक्ष मंगल राई रहेका छन ।
२०२१ मा मकाउमा कार्यरत रहेका नेपाली आदिबासी जनजाती युवाहरुलाई संगठित गरेर आदिबासी जनजाती महासंघ मकाउ गठन गरेका थिए । यस आदिबासी जनजाती महासंघ मकाउको हाल अध्यक्ष छन ।
आदिबासीहरु जुनसुकै देश र परिवेशमा रहेपनि संगठित भएर आवाज बुलन्द बनाउदा शत्ति मिल्ने भन्दै यसको लागी जुनसुकै देश र परिवेशबाट काम गर्न सकिने अनुभव सुनाए ।
विशेषत हाम्रो संस्कार संस्कृति, रिती रिवाज, परम्परालाई जिवन्त राख्दै भावि पुस्तालाई हस्तानतरण गर्नुसक्नु मुख्य दायित्व भएको राईले बताए ।

भिम राई (किरात) ले आफ्नो निजी निवासमा तिनचुल्हा राखेपछिको तस्वीर ।
मकाउमा हाल करिब ४ हजार जना नेपालीहरुले रोजगारी पाइरहेका राईले बताए । नेपालमा हुने बाढी पहिरो लगायत महामारीमाहरु सबै जनाले रकम संकलन गरि उत्त क्षेत्रहरुमा सहयोग पठाउने गरेको बताउछ ।
विगत ३ वर्ष पहिला ताप्लेजुङमा गएको भिषणबाढी पहिरोमा जनधनको क्षती भएपछि आफैले ३ लाख रुपैयाँ बराबरको सहयोग गरेका थिए ।
तायामा खियामा रच्छाकुलेको सालिक खोटाङमा निर्माणको क्रममा रकम संकलन गरेर पठाएका थिए । परदेशीले धेरै दु:ख गरेर आफ्ना परिवार छोराछोरीहरुको गाँस काटेर सामाजिक काममा पठाएको सहयोगहरु सहि ठाउँमा सदुपयोग भएको खबर सुन्दा आनन्द लागेर आउने गरेको अनुभव सुनाए ।
अब करिब १६ महिना पछि नेपालमा आएर समाजसेवा गर्ने रहर रहेको राईले बताए । २०१९ सालमा प्रङबुङ १ लुदिन्तारे पाँचथरमा जन्मीएका भिम राई किरात २०५१ सालदेखी पथरी शनिश्चरे १ शिखरचौक मोरङमा बसोबास गर्छन । २ छोरा १ श्रीमती पथरीमा नै बसोबास रहेका राई मकाउबाट पथरी आएकोबेला माघ १० गते कुराकानीमा आधारित ।

तपाईको प्रतिक्रिया