पथरी । इलाका ट्राफिक प्रहरी कार्यालय पथरीले इरिक्सा सिटीसफारी चालकसंग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
शनिबार बिहान ८ बजेको समयमा पूर्व बस स्टपमा तिन पाङग्रे सवारी सफारी चालकहरु सहित अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो । सिटीसफारी चालकसंग अनुमती पत्र (लाइसेन्स) अनिवार्य हुनुपर्ने भएपनि ९० प्रतिशत चालकसंग अनुमती पत्र नभटिएकोले यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका इन्चार्ज प्र.स.नि. वीरबहादुर कार्कीले जानकारी दिए ।
यो अन्तरक्रिया कार्यक्रममा चालकहरुले लाइसेन्स प्राप्त गर्ने प्रक्रिया र सिटी सफारी तथा इरिक्सा सम्बन्धी सरकारी नितीको विषयमा जानकारी गराउने मुख्य उदेश्य रहेको प्र.स.नि. कार्कीले जानकारी दिए ।
पथरी शनिश्चरे नगरमा सुनखरी अटो प्राली., पाथिभरा अटो प्राली, र भुल्के मोरङ अटो प्रा.ली. ३ वटा संस्थामा करिब १ हजार टेम्पो अटो दर्ता भएर संचालमा छन ।
माघ १ गतेदेखी आज १८ गतेसम्मा ३५ वटा सिटीसफारीलाई चालक अनुमती पत्र नभएकोले कारबाही गर्नु परेको प्र.स.नि. कार्कीको भनाई छ ।
कारबाही गर्दा पनि जेहेन्दार मजदुरीहरु भेटिएको हुनाले चालक अनुमतीपत्रको लागी जानकारी गराएर थप कडाई गरेर लाने प्र.स.नि. कार्कीले बताए । तस्वीर तिम्मा न्यूज 

तपाईको प्रतिक्रिया