
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ४ बकाइनोडाँडाका एक युवालाई प्रहरीलले ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
बर्ष ३३ का चित्र कुमार रपाल बिकलाई इलाका प्रहरी कार्यालय पथरीको टोली २६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
मंगलबार प्रहरी टोलीले गर्दा लागु ब्राउन सुगर सहित निजको साथ बाट बिभिन्न कम्पनीका ५ थान मोबाईल १ थान डिजिटल तराजु सहित पक्राउ गरेको इप्रका पथरीले जनायो ।
उनाई जिल्ला अदालत मोरङबाट दिन ५ को म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।






