पथरी । पंचायत नमुना माबिमा पथरी शनिश्चरे १ मोरङमा आज बिहिबारबाट पाँचौ राष्ट्रपति रनिङ सिल्ड २०८० सुरु भएको छ ।
पथरी शनिश्चरे नगर माबि तहसम्मा संचालित सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागितामा पाँचौ राष्ट्रपति रनिङ सिल्ड २०८० सुरु भएको हो ।
भलिबल छात्र/छात्रा, कबडडी छात्र/छात्रा, बिभिन्न दुरीका दौड प्रतियोगिता छात्र/छात्रा, छेलो हनाई छात्र/छात्रा, ज्यावलिन थ्रो छात्र /छात्रा, हाइजम्प, लङजम्प, त्रिपलजम्प खेलहरुमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरिरहेका छन । राष्ट्रपति रनिङ सिल्ड २०८० कार्यक्रम शनिबार बिभिन्न खेलहरुमा सहभागी भएर प्रथम दोस्रो र तेस्रो हुने खेलाडी छात्र/छात्राहरुलाई पुस्कार वितरण गर्दै समापन हुने पंचायत माबिका प्रधानध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया