२४ वर्षदेखि निरन्तर यहि ठाउँमा चटपट पसल गरिरहेका चन्द्रप्रसाद ढकाल । तस्वीर तिम्मा न्यूज
विजय खम्बु
पथरी । पथरीशनिश्चरे नगरपालिका १ मोरङमा रहेको पंचायत माविको खेलमैदानको एक कुनामा चन्द्रप्रसाद ढकालले ठेलागाढामा चटपट पसल गरेको २४ वर्ष भयो ।
चटपट पानीपुरी, मिठाई, ढुङग्री लगायत समान राखेको ठेला लिएर ९:३० दजेको समयमा संधै बस्ने ठाँउमा पुगिसकेका हुन्छन । दिनको ३ बजेसम्मा ब्यापार सकेर फेरी ठेला ठेल्दै घरतिर लाग्छन । स्कुल लागेको दिन ठेला ठेल्नु चन्द्रप्रसादको दैनिकी हो ।
चन्द्रप्रसाद ढकालले ठेलामा दैनिक सरदर २५ सय रुपैयाँ बढीको ब्यापार गर्छन । सबैको दाम कटाएर दैनिक ७ सय रुपैयाँ कमाई गर्ने गरेको बताए । यहि चटपटे पसलको कमाइले २ ठाउँमा घडेरी जोडेको बताउँछन । एउटा पथरीको छयालिसबिघेमा र अर्को गोठगाउँमा ।
छोरा ब्याचलर पढदैछ र पंचायत माविमा कम्पीयूटर विषय पनि पढाइरहेका छन । छोरी १२ कक्षासम्मा पढाए । अहिले बिवाह गरे । उनिहरुलाई यहि चटपटे पसलको आम्दानीबाट नै शिक्षादिक्षा दिएको बताउँछन । भन्छन्, मेरो अन्य केही पेशा ब्यावसाय छैन । यही ठेलामा रहेको समान बेच्छु ।
स्कुलका विद्यार्थीहरु प्राय ढकालकै ठेलामा चटपट खान आउँछन । अरुले ३० रुपैयाँमा पनि नदिने चटपट ढकालले २० रुपैयाँमा नै दिन्छन । उनका ग्राहकहरु प्राय सधैं एकै पाराका हुन्छन ।
पथरी शनिश्चरे १ हनुमानचौकमा घर छ । घरमा श्रीमती काम गर्ने र दिउसो १ बजे स्कुलको टिफिन समयमा सघाउन आउने बताउँछन । यसरी निरन्तर पेशामा दृढ भएर निरन्तर लाग्दा सफल भइने ढकालको अनुभव रहेको छ ।
आज भन्दा २४ वर्ष अगाडी चटपट पसल सुरु गर्दा ३२ वर्षको लक्का जवान थिए । स्कुलमा पढन आउने विद्यार्थीले दाई चटपटे दिनुन भन्थे । विगत ३/४ वर्ष ५० वर्षसम्मा अङकल चटपटे दिनुन भन्थे, तर ४ वर्ष पछि यताका नानीहरुले अहिले बाजे चटपटे दिनुन भन्छन । ढकालले पथरीमा आएर चटपट पसलको ब्यापार थालेपछी पछाडी फर्केर हेर्नु परेको छैन ।
ढकाल आफनो परिवार ल्याएर तोपगाछी झापाबाट २६ वर्ष अगाडी पथरी आएको हुन ।
ढकाल ब्यापारको समय बाहेक राजनिति र समाज सेवामा काम गर्छन । नेकपा (एमाले) पार्टीको पथरीशनिश्चरे नगरपालिका वडा न. १ को टोल न. १ को संयोजक हुन । हनुमान मन्दिर ब्यवस्थापन समितिको सल्लाहाकार सदस्य समेत हुन ।

तपाईको प्रतिक्रिया