
पथरी । राष्ट्रिय स्वातन्त्र पार्टीको पथरीशनिश्चरे मोरङमा नगर समितिले पूर्णता पाएको छ ।
आज आयोजना गरेको एक भेलाले सभापति कमलराज कार्की उपसभापति गिता लिम्बु, सचिव तुलसी बस्नेत, कोषाध्यक्ष लिला निरौला सर्बसम्मत चयन गर्दै समितिलाई पूर्णता दिएको हो । पथरीशनिश्चरे १ को शिवालय मन्दिरको सभाहलमा भएको भेलाले समितिको सदस्यहरु ओमनाथ नेपाल, रमेश खत्री दाहाल, सुर्यमान तामाङ र संजिव दर्जी चयन गरिएको र अन्य ३ सदस्य समिति अबको बैठकबाट पूर्णता दिएर लाने वडा न. १ वडा सभापति मोहानकुमार श्रेष्ठले जानकारी दिए ।





