पथरी । सिटी सफारी चालकले अनिवार्य सवारी चालक अनुमती लिनु पर्ने भएको छ ।
आज शनिबार इलाका ट्राफिक प्रहरी कार्यालय पथरीले चालकहरुसंग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सबै बत्ताहरुले चालकले सवारी चालक अनुमतिपत्र लिनु पर्ने भएको बताएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी गणेशबहादुर श्रेष्ठले चालकले अनिबार्य अनुमती पत्र लिनु पर्ने नियमक निकायले पत्रचार गरेको हुँदा सबै सवारी चालकले अनुमतिको पत्र प्राप्त गर्न प्रक्रियामा लाग्न सुझाव दिए ।
दुरघटना भएर मृत्यु भएको खण्डमा चालकलाई असहज स्थीति हुने भएकोले चालकसंग अनिबार्य अनुमति हुनु पर्ने बताएका थिए ।


यस्तै पथरी शनिश्चरे नगरपालिका वडा न. १ का वडा अध्यक्ष भिमकुमार राई चालकहरु आफ्नो पेशाप्रति उत्तरदायी र जवाफदेही भएर जानु पर्ने भएकोले सबैले अनुमति पत्र लिनु पर्ने सुझाए ।
सिटी सफारी संचालनको लागी स्थानिय सरकार नगरपालिकाले कार्यबिधी बनाएको बताए ।
यस्तै पथरीशनिश्चरे नगर कार्य पालिका सदस्य वीरध्वज सिवाले गत वर्ष सबै चालकहरुसंग बसेर स्टेण्ड बनाएपनि त्यसलाई ब्यवस्ता गरिएको बताए ।
कार्यक्रममा सहभागी भएका चालकहरुले आफुहरु सवारी चालक अनुमती लिन तयारी रहेकोले यसलाई नगरपालिकाले समन्वय गरेर नगर क्षेत्रमा ट्रायल दिने ब्यवस्था गरिदिन माग गरेका थिए । इलाका ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी सहायक निरीक्षक वीरबहादुर कार्कीले समन्वय गरेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए ।

तपाईको प्रतिक्रिया