ब्यवसायिक पत्रकारितामा कर्म गरिरहेका दुर्गा प्रसाद भट्टराई । तस्वीर कैद भएको स्थान भूल्के सिमसार पथरी । तस्वीर तिम्मा न्यूज
विजय खम्बु
पथरी । ६३ वर्ष उमेर पुगेका दुर्गा प्रसाद भट्टराई ३८ वर्षदेखी निरन्तर पत्रकारितामा कलम चलाइरहेका ब्यात्ती हुन । पूर्वि मोरङमा सबैभन्दा पुरानो र जेष्ठ पत्रकारको नाम पनि दुर्गा प्रसाद भट्टराईकै आउँछ ।
भट्टराईको पत्रकारिता भन्दा अरु पेशा ब्यवसाय केही छैन । जे जोडेका छन, पत्रकारिताबाट नै जोडेका हुन । जे गुमाएका छन, पत्रकारिताकै लागी गुमाएका छन ।
भट्टराईले सवारीसाधन साइकल मोटरसाइकल केही चलाउदैनन् । फेसबुक अकाउन्ट छ । केही पोष्ट गरेका छैनन् । प्रबिधीमा पनि दख्खल राख्दैनन । हस्तलेखनबाट नै समाचार लेखनको कामहरु गर्छन ।
दुर्गा प्रसाद भट्टराईले २०४२ सालबाट समाचार लेखनको काम सुरु गरेको बताउँछन । सुरुवातताका दुर्गा प्रसाद भट्टराईले लेखेका समाचारहरु विराटनगरबाट प्रकाशन हुने तेस्रो विश्व साप्ताहिकमा प्रकाशन भएर आउथ्यो । २०४३ सालमा सुचना बिभागबाट प्रेसपास लिएर मजबुद पत्रकारिता बताउँछन ।
दुर्गा प्रसाद भट्टराईको पत्रकारिता उर्लाबारी मोरङबाट नै सुरु गरेका हुन । भट्टराई भन्छन्, मैले पत्रकारिता सुरु गर्दा उर्लाबारीमा २ वटा पक्का घर मध्ये एउटा तेजनाथ निरौला र अर्को भिम बहादुर सुबेदी थियो । त्यसबेला पूर्वि मोरङमा नै कोही पत्रकार कोही थिएनन् ।
उर्लाबारीदेखी इटहरा हुदै झुर्कियासम्मा हिडेरै करिब १६ किलोमिटर टाढासम्मा समाचार संकलन गर्न गएको स्मरण गर्छन । उर्लाबारीदेखी उधो लागेपछि बाटो हिलाम्मे थियो । सुरुवाल खोलेर झोलामा बोक्थे र हाप सुरुवालमा हिँड्थे, कार्यक्रम स्थल पुग्नेबेलामा सुरुवाल लगाएको कथा सुनाए ।

पैसा हुन्थेन । पैसा खर्च गर्ने ठाँउ पनि थिएन । जाँड, रक्सी, खैनी, चुरोट केही पनि खाँदिन । समाचार लेखेबापत पैसा आउथ्यो पत्रीकाले केही पैसा दिन्थ्यो । त्यसलाई जोरजाम गरेर उर्लाबारीमा १ कठठा जग्गा थिंए । त्यही जग्गामा बसिरहेको छु ।
२०४९ सालबाट फेवा साप्ताहिक पत्रीका रमेश भट्टराई (पाखे) खरिद गरेर ल्याएपछि पेशालाई मजबुद बनाउदै लगेका थिए । हाल यो पत्रिका ललिता भट्टराईले (भट्टराईकै बहिनी) ले विराटनगरबाट प्रकाशन गर्छिन ।
दुर्गा प्रसाद भट्टराईले पाथीभरा साप्ताहिक २०५२/०५३ मा ५७ दर्ता नम्बर हालसम्मा निरन्तर प्रकाशन गर्दै आइरहेका छन । पाथिभरा साप्ताहिकको प्रकाशक सम्पादक हुन । पत्रिका सुचना बिभागले (क) श्रेणिको बर्गिकरणमा रहेको छ ।
२०१७ असार १५ गते मैवाखोला गाउँपालिका २ ताप्लेजुङमा जन्मीएका भट्टराई २०३५ साल एसएलसी पास गरेर धरान डुल्न आएका थिए । त्यसबेला धरान देशीलाइनमा संचालित साझा संस्था सेल्समेनको काम गरे । त्यस पश्चात जिल्ला सहकारी, उदयपुर सहकारी, कोशी अञ्चल अस्पतालमा मझारे हेपोको मुखिया दमक हेपोको जुनियर हेल्थ वर्कर सम्माको सरकारी कार्यालयमा अस्थाई जागिरे भएर काम गरे । स्थाई हुनेबेलामा हाकिमको भूमिका कमजोर भएको कारण सरकारी जागिर छाडेर २०४१ अन्त्यदेखी सालदेखी उर्लाबारी दाजु नारायण प्रसाद भट्टराईसंग बसेर पत्रकारिता गर्न थालेका हुन ।
भट्टराई परिवारमा अहिले ब्यवसायिक पत्रकारिता गर्ने दुर्गा सहित ६ जना छन । ललिता भट्टराई, लिलाराज भट्टराई, जगन्नाथ भट्टराई, नवराज भट्टराई, इस्वरी भट्टराई, पत्रकारितामा जमेर समाचारको काम गरिरहेका छन ।
ताप्लेजुङको शरश्वती माबिमा पढदा त्यस स्कुलको हेडसर गणेशबहादुर राई हुनुहुन्थ्यो, वहाँको योगदानले नै म यहासम्मा आएको हुँ वहाँलाई स्मरण गर्दछु ।
उर्लाबारी न.पा. उद्योग बाणिज्य संघ, पत्रकार महासङ, लगायत विभिन्न दर्जनौ संघसस्थाबाट मानसम्मान प्राप्त गरेका दुर्गाप्रसाद भट्टराईको सुस्वास्थ्य दिर्घायुको कामना गर्दै निरन्तर पत्रकारिताको यात्रा सफल होस शुभकामना छ ।

तपाईको प्रतिक्रिया