
पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देवीमाया काफ्लेले वडा नं. ५ का अति विपन्न ऋषिदेव वस्तीमा न्यानो कपडा वितरण गरेका छन ।
जनतासंग उपमेयर कार्यक्रमबाट ऋषिदेव बस्तीमा सिरक र चप्पल लगायत सामग्री वितरण गरेको हो ।
वडा नं. ५ का १२ जना ऋषिदेव वस्तीका विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।
चप्पल नभएकाहरुलाई उप–प्रमुख काफ्लेले चप्पल वितरण गर्नुभएको छ । यस्तै सोही वडाका गणेश ऋषिदेव र सियानी ऋषिदेवलाई एक–एक थान सिरक वितरण गरिएको जनाइएको छ ।





