पथरी । पथरी उद्योग बाणिज्य संघले घोषणा गरेको चुनावी साधरण सभाको मिती सारेको भन्दै संघको कार्यालयमा ताला लगाएको छ ।
संघका पूर्व अध्यक्ष दिपक बस्नेत, समितिको पूर्व सदस्य तेजेन्द्र राजभण्डारी, नागरिक बचाउ अभियानका संयोजक हेमचन्द्र बास्तोला नेपाली कांग्रेसका स्थानिय नेता लोकनाथ खरेल सहितको उपस्थितीमा तोकिएको मिति र समयमा नै संघको चुनावी साधरणसभा हुनुपर्ने माग गर्दै तालाबन्दी गरेको हो ।
संघको १९ औं चुनावी साधरणसभा फागुन ५ गते घोषणा गरेको तर आज माघ २६ गतेको दिन संघको सचिवालयको बैठक बसेर चैत्र १४ गते सारेको निर्णयप्रति असहति जनाउदै संघको मुख्य कार्यालयमा तालाबन्दी गरेको जनाएको छ ।
संघका कोषाध्यक्ष विजयजंग बस्नेत उपचारको लागी अस्पताल भर्ना भएको हुनाले संघले हिसाव किताव समेत बरबुझारथ गर्नु पर्ने तर नसकिने अवस्था रहेकोले साधरण सभा सार्ने निर्णय भएको जनाइएको छ ।
यता नागरिक बचाउ अभियानका संयोजक हेमचन्द्र बास्तोलाले संघमा आर्थिक अनियमितता भएको आशंका गरे । संघको साधरणसभा फागुन ५ गते नै चुनावी साधरणसभा गर्नु पर्ने अन्तिम माग रहेकोले चाँडो समस्या समाधान गर्नको लागी दबाब स्वरुपा तालाबन्दी गरिएको बास्तोलाले भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया