
झापा । दमक नगरपालिका निवासी तथा नेकपा (माओवादी) केन्द्र का नेता गगन पुरीले ४ करोड बढी सम्पती गैह्र कानूनी रुपबाट कमाएको निश्चित भएको छ ।
दमक नगरपालिका वडा न. –८ र साविक १३ र १४ मा रहेको ३४ बिगाहा सरकारी जग्गा पुरीले आफू, श्रीमती, दिदी र आफन्तका नाममा ल्याएको ल्याएर ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ १४ पैसा गैह्र कानुनी सम्पत्ति आर्जन देखिएको हो ।
बिषेश अदालतले केशावतीविरूद्ध १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो मागिएको छ । दिदी मनमाया विरूद्ध ९९ लाख ४ हजार रूपैयाँ बिगो मागिएको थियो । देवकुमार पुरीविरूद्ध ४६ लाख २४ हजार रुपैयाँको बिगो मागेको छ ।
गगन भन्ने रेवतराज पुरी र सीमा भन्ने केशावती पुरीको हकमा छ । दुवैका हकमा सजाय फागुन ६ गते सजाय निर्धारण हुने छ जनाइएको छ । तस्वीर गगन पुरीको फेसबुकबाट लिइएको हो






