पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा सहकारीको अनुगमन निरीक्षण गरिएको छ ।
आइतबार पथरी शनिश्चरे वडा नं. ८ मा स्थापित जीविकोपार्जन बचत तथा ऋण सहकारी संस्था लि. को अनुगमन निरीक्षण गरिएको हो ।
वि.सं. २०६७ सालमा स्थापित सो सहकारीलाई भाका नाघेका ऋणलाई समयमै असुल उपर गर्ने, लेखा सुपरीवेक्षण समितिलाई सक्रिय बनाउने र सहकारी मूल्य मान्यता र सिद्धान्तमा रही संस्था सञ्चालन गर्नुपर्ने लगायतका सुझावहरु दिइएको थियो ।
यसैगरी अनुगमन निरीक्षणमा पथरी शनिश्चरे नगर सहकारी शाखाका प्रमुख केशवादेवी धमला, आन्तरिक लेखा परीक्षक दिपा भुर्तेल वडा नं. ८ का अध्यक्ष तथा नगर प्रवक्ता नवीन कार्की लगायत रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया