पथरी । धनकुटा जिल्लको शहिदभुमि गाउ पालिका वडा नम्बर ७ मा एक पुरुषले श्रीमती हत्या गरेको स्थानियले आरोप लगाएका छन ।
शहिदभूमी गाउपालिकामा बैसाख ६ गतेको स्थानिय २२ वर्षकी दिप्सीका राईलाई उनकै श्रीमान बिनय राई बिनयको आमाले मिलेर हत्या गरेको स्थानियले आरोप लगाएको हो ।
५ वर्ष अगाडी मृतक दिप्सीका र बिनयn कुटपिट गर्ने गरेको दिप्सीकाको ठुलीआमा कला राईले बताइन ।
हत्या गरिएको भनिएकी दिप्सीका र बिनयको एकछोरी १ रहेको छ । हाल मृतक दिप्सीकाको लासलाई जिल्ला अस्पताल धनकुटामा पोस्र्टमाटम गरि ल्याएर घटना घटेकै स्थानमा राखी स्थानियहरुले हत्या भएको भन्दै गहिरो अनुसन्धान गर्नु पर्ने माग राख्दै स्थानियले सदगद नगरी राखेको वडा अध्यक्ष बमबहादुर राईले टेलिफोन सम्र्पकमा बताए ।
वडा अध्यक्ष राईका अनुसार अधिकांस स्थानियहरुले हत्या भएको र प्रहरीले हत्यालाई आत्माहत्याको रुपमा मुचुल्का उठाएर घटनाको फेहरिस्तलाई सामान्य करण गर्न खोजेको स्थानियहरुले बताउदै आन्दोलन स्वारुप लास सदगद नगरि राखेको बताए ।
स्थानिय तथा आफन्तहरुले हालसम्मा संचारकर्मी मानवअधिकारकर्मीको टोलीले समेत वस्ता नगरेको बताएका छन ।
यता इलाका प्रहरी कार्यालय छिन्ताङका प्रहरी निरिक्षक दिलिप श्रेष्ठका अनुसार जिल्लाबाट अनुसन्धान टोली आएर अनुसन्धान गरेको बताउदै यस बिषयमा आफुलाई केही थाहा नभएको बताए ।
यो समय तयार पार्दासम्मा जिल्लाको फोकसपर्सनसंग सम्र्पक गर्दा सम्र्पक हुन सकेन ।






