
कामको निरिक्षण गर्दै समितिका सचिव महेन्द्र कुमार राई सदस्य घनश्याम अधिकारी, कर्मचारी राजेन्द्र तिमल्सिना र निर्माणको लागी खटिएका मजदुरहरु । तस्वीर तिम्मा न्यूज
पथरी खानेपानी तथा सरसफाई समितिका पदाधिकारी सदस्य सहित कर्मचारीहरु पाइपलाइन विस्तारलाई तिब्रता दिइरहेको छ ।
प्रत्येक नागरिकको घरघरमा खानेपानी पुर्याउने उदेश्यले धमाधम काम भइरहेको हो ।
अहिले भूमिगत र मुलको स्रोतबाट प्रति सेकेन्ड ४५ लिटर र दैनिक १८ लाख लिटर पानी उत्पादन गरेर ग्राहकको धारासम्मा वितरण हुन्छ ।
पथरी खानेपानी तथा सरसफाई समितिसंग हाल २ हजार ७ सय ४४ घरधुरी ग्राहक संख्या रहेको छ । समितिले जम्मा १ सय ३५ किलोमिटर खानेपानी बिच्छाइ सकिएको समितिका अध्यक्ष जयराम बिष्टले जानकारी दिए ।
खानेपानीको देवीगञ्ज चेम्बरदेखी किरातीचौक क्याम्पको लागी पानी पाइप निर्माण तथा मर्मत गर्दै ।






