पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ३ मा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोग नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वडा नम्बर ३ ले आयोजना गरेको स्वास्थ्य शिविर २६ गते आइतबारेमा सम्पन्न भएको हो । स्वास्थ्य शिविरको जनरल मेडिसिन, प्रसुति तथा स्त्री रोग विशेषज्ञ, दन्त रोग, आँखा रोग लगायतका विभागमा गरेर १४९ जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो ।
शिविरमा ३० जनाको नि:शुल्क भिडियो एक्सरे, ४५ जनाको आँखाको जाँच, ५१ जनाको प्रयोगशाला परीक्षण गरिएको जनाइएको छ ।
नोवेलले विभिन्न संघ सस्थाहरुको समन्वयमा नियमित रुपमा नि:शुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया