
इटहरी । प्रहरीले १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट सहित भारतिय नागरिक पक्राउ परेका छन ।
ईनरुवा नगरपालिका–४ बिरपपुर–५ बिहार राज्य बिरपपुर–५ भारत स्थाई ठेगाना भइ वर्ष २२ का छोटु भनिने मोहमद सैयाद साफी पक्राउ परेका हुन ।
आज माघ २९ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो । चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले आइबीआर ११ एक्स ३४२९ नम्बरको स्करपियो गाडी सहित नियन्त्रणमा लिएको प्रहरीले जनायो ।






