
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ८ को सिद्देश्वर बचत तथा ऋण सहकारी संस्था लि. को कार्यालयमा झयाल फुटाएर चोरी भएको छ ।
रातीको समयमा संस्थाको् झयाल फुटाएर नगद ५ लाख ३९ हजार ५४७ रुपैयाँ र सिसि क्यामेराको हार्ड डिक्स समेत चोरी भएको हो ।
संस्थाका अध्यक्ष नागेश काफलेका अनुसार आज बिहिबार कार्यालय खुल्ने समयमा मात्रै चोरी घटना थाहा भएको बताउँदै आवश्यक कारबाहीको लागी प्रहरीमा जाहेरी दिएको बताए ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक ब्रह्मादेव शाहका अनुसार कारबाही प्रकृया अगाडी बढाएको बताए ।






