
विराटनगर । सप्तारीको खडक नगरपालिका ७ मा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा आयोजित न्यूरो सर्जरी सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविरमा ७० जना न्यूरो सर्जरी सम्बन्धी विरामीहरुको स्वास्थ्य परीक्षण सम्पन्न भएको हो ।
बरिष्ठ न्यूरो सर्जन प्रा. डा. एडमण्ड जोनाथन र प्रा. डा. एडमण्ड जोनाथान सी. एम. सी. स्वास्थ्य शिविरमा विरामीको परिक्षण गरेका थिए । भारतको भेलोरबाट आएका डाक्टरद्धय नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा कार्यरत छन ।
नोवेलले मुटु रोग, न्यूरो सर्जरी लगायतका विशिष्ट सेवाहरुको नि:शुल्क स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ । यो अभियानबाट हजारौं विरामी र परिवार लाभान्वित भई सकेका छन् ।






