पथरी शनिश्चरे नगरपालिका २ शहिद रत्नकुमार बान्तावा मार्गको गोहीहोलीमा कल्भट निर्माणको काम अन्तिम चरणमा रहेको छ । १८.०४ फिट लम्बाई २६.२४ फिट चौडाई रहेको यो कल्र्भट केही दिन भित्रमा निर्माण सम्पन्न वडा अध्यक्ष नैना राईले बताए ।
यो कल्र्भट सहित लाटी होली कल्भट र सहिद रत्न कुमार बान्तावा मार्गको ५ सय मिटर सडक कालोपत्रे ९१ लाख रुपैयाँको लागतमा पथरीशनिश्चरे नगर र संघिय सरकारको साझेदारी बजेटबाट निर्माण भइरहेको जनाइएको छ ।
यो सडक निर्माण सम्पन्न भएपछि स्थानिय कृषकहरुले सहज रुपमा आफुले उत्पादन गरेको वस्तु बजारसम्मा पुराउन सहज हुनेछ । साग सब्जी लगायत दैनिक उपभोग्य बस्तु बजारमा बेचेर जिबिको पार्जन गर्ने मानिसहरुको लागी सडक संजालको विकासले सहज बन्दै गइरहेको स्थानियको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया