
पथरी । पथरी उद्योग बाणिज्य संघको महासचिव पद्मा होटल ब्यवसायी तथा संघको पूर्ब महासचिव अशोककुमार राईले आफनो उम्मेद्धवारी घोषणा गरेका छन ।
बिहिबार तिम्मा न्यूजसंगको भेटमा राईले उद्योग बाणिज्य संघ पथरीको फागुन ७ गते घोषणा गरिएको १९ औं चुनावि साधरण सभामा महासचिव पद्मा आफनो उम्मेद्धवारी घोषणा गरेका हुन ।
११ औं चुनावि साधरणसभामा धनकुमार तामाङ अध्यक्ष पदमा विजयी हुँदा राई बाणिज्य सचिव र १४ औं साधरण सभाबाट दिपक बस्नेत अध्यक्ष पद्मा बिजयी हुँदा महासचिव बिजयी भएका थिए ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओबादी) केन्द्र, नेकपा (समाजबादी) राप्रपा, रास्वपा, जसपा, सहित ८ दलको समर्थनमा आफ्नो उम्मेद्धवारी दर्ता हुने राईले बताए ।
संघको महासचिव पदमा रहंदा इलाका प्रहरी कार्यालय पथरीमा डिएस्पीको कमाण्डमा ल्याउन पहल गरेको र आन्तरिक राजास्व कार्यालयको स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
उद्योग बाणिज्य संघको जग्गा खरिद गरेर भवनको २ तला निर्माणको लागी काम गरेका थिए । आफुलाई संघको महासचिव पद्मा विजयी गराए भवन निर्माण सम्पन्न गरेर आफनै कार्यालयबाट कार्य संचालन गर्ने प्रतिबद्धता जनाए ।
संघको आजिवन सदस्य रहेका राईले संघको भवन निर्माण गर्न २ लाख रुपैयाँ सहयोग गरेको अभिलेख छ । कोभिडको महामारीको बेला साना ब्यापारीहरुलाई बिना धितो र निरब्याजी कर्जा परिचालनको उदाहरणिय काम गरेर प्रशंसा पाएका थिए ।
भोली फागुन ३ गते शुक्रबार संघको संचालक समिति र लेखा समितिका लागि बिहान ११ बजेदेखी दिउसो ४ बजेसम्मा मनोनयन दर्ता हुने निर्वाचन समितिले कार्यतालिका सार्वजानिक गरेको छ ।






