
सन्तोष राई
पथरी । पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हित व्यवस्थापन समितिका अध्यक्ष भीम राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु पारित गरेको छ ।
विहिबार नगरपालिकाको सभाहलमा बसेको बैठकले ३ वटा महत्वपूर्ण निर्णयहरु पारित गरेको हो । जसअन्तर्गत सीटीइभीटीद्वारा सीप परीक्षणको सूचना प्रकाशित मिति २०८०।१०।१४ गतेको आधारमा वर्गिकृत पेशा उल्लेखित यस पथरी शनिश्चरे नगर क्षेत्रभित्र रहेका दक्ष कामदारका लागि आवद्ध कन्स्ट्रक्सन मेसिन, विल्डिङ पेन्टर, रेफ्रिीजेरेसन एण्ड एसी मेकानिक लगायत अन्य सिप भएका दक्ष कामदारलाई तह २ को सर्टिफाइ हुनेभएको हुँदा
सीप परीक्षणका लागि सिफारिस गरी सहभागिता गराउने निर्णय गरियो ।
यस्तै सुचिकृत श्रमिकहरुको वीमा गर्ने सम्वन्धमा वीमा कम्पनीसँग आवश्यक प्रक्रिया बुझी वीमा कम्पनीसँग समिति मार्फत् श्रमिकहरुको वीमा गर्ने प्रक्रियामा जान निर्णय गरियो र घाइते श्रमिकहरुको वीमा नभइन्जेलसम्म अनौपचारिक श्रमिक हित व्यवस्थापन निर्देशिका २०८० को दफा ३ को उपदफा ७ बमोजिम घाइते श्रमिकलाई उपचारार्थ आर्थिक सहयोग रकम र न्यूनतम १० हजार दिने, अधिकतम २० हजार दिने, १० हजार भन्दा माथि निवेदन अनुरुसार समितिबाट सिफारिस गरिने निर्णय गरियो । राई पथरी शनिश्चरे नगरपालिका कार्यालयका सुचना सम्पादक हुन ।





