
पथरी । पथरी उद्योग वाणिज्य संघको १९ औं साधरणसभामा २ जना पदाधिकारी २ संचालक समिति सदस्य २ जना लेखा समिति सदस्य सर्बसम्मत निर्वाचित भएका छन ।
संचालक समितिको वरिष्ठ उपध्यक्ष पदमा लोकनाथ खरेल (खरेल हार्डवेयर) का संचालक, उद्दोग सचिव प्रेम सुबेदी (शंकर लघु उद्योग) का संचालक सर्बसम्मत निर्वाचित भएका हुन ।
सदस्यहरुमा किराना पसल संचालक जुनि थपलिया र प्रेम कुमारी ढकाल(राधा) न्यू गोर्खाली पाउरोटी उद्योगका संचालक निर्वाचित भए ।
यस्तै लेखा सदस्यहरुमा (सुदिप फार्मेसी) का संचालक निरोज दुलाल र (डागी मोटर पार्टस) प्रकाश डांगी सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जानकारी गराए ।
अन्य पद्हरुमा भोली दिउसो ३ बजेसम्मा मनोनयन दर्ता गरेका उम्मेद्धवारहरुले फिर्ता गर्ने समय रहेको फिर्ता नलिए कानुनसम्मत प्रक्रियामा अगाडी बढाएर लाने जानकारी दिएको छ ।








