पथरी । पथरीशनिश्चरे १ मोरङमा इश्वर फार्मेसी तथा पथरी अस्पतालका संचालक इश्वरी सापकोटाले उद्योग बाणिज्य संघको उपाध्यक्ष पदमा विजयी गराउन अपिल गरेका छन ।
यहि फागुन ७ गते पथरी उद्योग बाणिज्य संघको १९ औं चुनावी साधरण सभाबाट आफुलाई उपाध्यक्ष पदमा मतदान गरेर निर्वाचित गराउन अपिल गरेको हो ।
राष्ट्रिय स्वातन्त्र पार्टीको तर्फबाट सर्बदलिय सहमति अनुसार उपाध्यक्ष पदमा उम्मेद्धवारी दर्ता गराएका थिए ।
उपाध्यक्ष पदका आकंक्षीहरु धेरै जना भएर मनोनयन दर्ता गराएपछि  निर्वाचनको प्रकृया सहभागी हुनु परेको थियो ।
आज फागुन ५ गते दिउँसो ३ बजे पश्चात उम्मेद्धवारहरुको अन्तिम प्रकाशन गर्ने निर्वाचन समितिको कार्यतालिका रहेको छ । सापकोटासंगै उपाध्यक्ष पदमा पारुहङ गृल उद्योगका संचालक रविन्द्रकुमार राई (रविन) रोजा श्री का संचालक टुङकुमार श्रेष्ठ र प्याकुरेल हार्डवेयरका संचालक हरिराज प्याकुरेले उम्मेद्धवारी दर्ता गराएका छन ।

तपाईको प्रतिक्रिया