
विजय खम्बु
पथरी । पथरी उद्योग बाणिज्य संघमा ८ सय जना ५१ प्रतिशत सदस्यहरुले आफनो फर्म नबिकरण गराएका छैनन ।
माघ मसान्तसम्मा नबिकरण गरिसक्नु पर्ने भएपनि ८ सय जना सदस्यहरुले नबिकरण नगरेका हुन ।
पथरी उद्योग बाणिज्य संघमा गत १८ औं साधरण सभामा १५१७ जना ब्यापारीहरुले आफनो सदस्यता दर्ता गराएका थिए ।
१९ औं साधरणसभामा जम्मा ७१७ जना ब्यापारीहरुले मात्रै आफनो सदस्यता नबिकरण गरेको संघको कर्मचारी सम्झाना तामाङले जानकारी दिए ।
संघमा बढदो राजनितिक चलखेल र आर्थिक मन्दीको कारणले गर्दा संघको सदस्यता नबिकरण नगरिएको नाम नबताउने सर्तमा केही ब्यापारीहरुले बताए ।
१९ औं साधरण सभामा १४८ जना आजिवन सदस्य र ७१७ जना ८६५ जनाले मात्रै मतदान गर्न पाउनेछन ।
संघको १९ औं चुनावी साधरणसभा यहिं फागुन ७ गते हुंदैछ ।






