पथरी । पथरी शनिश्चरे नगर पालिका वडा न. ७ मा रहेको बालकल्यण माबिका विद्यार्थीहरु आन्दोलित भएका छन ।
विद्यालयमा राजनिति करण भएको, ७ महिनादेखी विद्यार्थीहरुको दिवा खाजा रोकिएको लगायत बिभिन्न विषयहरु प्रति असन्तुष्टी जनाउदै विद्यार्थीहरु आन्दोलित भएका हुन ।
शिक्षक शिक्षिकाहरुले विद्यालय समयमा १० बजेदखी ४ बजेसम्मा बस्न पर्ने, स्कुल समयमा गुटका लगायत सुर्तिजन्य पदार्थ नखाइदिनु पर्ने, राजनितिक आखडामुत्त विद्यालय बनाउनु पर्ने विद्यार्थीहरुको आन्दोलनमा अबिभावकहरुको समेत एक्यबद्धता जनाएका थिए ।
विद्यालयको समस्या समाधान गर्न ७ महिना अगाडी देखी पहल गरेको तर विद्यालय प्रशासनले वास्ता नगरेको हुँदा बालबालिकाको भविष्य अन्धाकार भएकोले आन्दोलन गरेको अबिभावक मानबहादुर बस्नेत बताए ।
अबिभावक प्रताप लुइटेलका अनुसार ब्यवस्थापन समिति गठन गर्ने प्रकृया पूर्णता नपाएको र ब्यवस्थापन समितिको अध्यक्ष अबिभावकबाट नै बनाउनु पर्ने माग रहेको बताए । स्कुलभित्र धेरै बिकृती भेटिएको हुँदा बिद्यालय सुधार गर्न आन्दोलन गर्नु परेको लुइटेलको भनाई रहेको छ ।
विद्यार्थीहरु टिपिन समय भन्दा पछाडी नभेटिएको र शिक्षकको हाजिरीमा फल्ट भेटिएको लुइटेलले बताए ।
यता विद्यालयका प्रधानाध्यापक रोहिणि घिमिरेका अनुसार के को लागी आन्दोलन गरेको आफुलाई थाह नभएको प्रतिक्रिया दिए । यता वडा न. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेतले यो समस्या बुझेर समाधानको लागी पहल गर्ने जनाए ।

तपाईको प्रतिक्रिया