
लुटेराले लुटेर भाग्दै गरेको दृश्यबाट स्कृनसट गरिएको तस्वीर ।
पथरी । पथरी शनिश्चरे ८ बाट आज बिहान ६ बजेको समयमा एक अपरिचित ब्यत्तीले स्कुटर लुटेर भागेको छ । ।
बिहान ६ बजेको समयमा टियूसन पढाउन हिडेकी शिक्षिका रानु पोख्रेलले चलाएको को २० प ७६६४ डिइओ स्कुटर पथरीशनिश्चरे नगरपालिका वडा न. ८ सखुवाराबाट लुटिएको हो ।
अपरिचित केटा मानिसले स्कुटी लुटेको वडा न. ८ वडा अध्यक्ष नविनजंग कार्कीले जानकारी दिए । यता इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी गणेशबहादुर श्रेष्ठले खोजीकार्य तिब्र बनाएको बताएका छन ।






