
पथरी । पथरी शनिश्चरे नगरपालिका ५ स्थित स्वास्थ्य चौकीमा हाइड्रोसीलको नि:शुल्क शल्यक्रियाका लागि स्कृनिङ्ग क्याम्प चलाइएको छ ।
नगरपालिका कार्यालयको आयोजना तथा कोशी अस्पतालको विराटनगरको प्राविधिक सहयोगमा सो क्याम्प संचालन भएको हो । नगरपालिका उप–प्रमुख देविमाया देविमाया काफ्लेको अध्यक्षतामा सो एक दिने क्याम्प सञ्चालन गरिएको थियो । क्याम्पमा नगरका २६ जनाले हाईड्रोसीलको लागि स्कृनिङ गरेको जानकारी दिइएको छ ।
कोशी अस्पताल विराटनगरका डा. क्षितिज गिरी, डा. विजय भट्ट, गोविन्द कटुवाल, नगरका स्वास्थ्य शाखाका जगत मगर, एकराज खत्री लगायतको उपस्थिति रहेको थियो । तस्वीर सन्तोष राई सुचना सम्पादक





