मेष आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।
वृष लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निणर्य लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
मिथुन आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्य प्रतिकूल रहनाले खर्च पनि बढ्न सक्छ ।
कर्कट जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सामाजिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।
सिंह आज विदेश अथवा दूरदराजमा बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहनेछ, तर यात्रा नगरेकै जाती अतः लाभ मिल्ने छैन ।
कन्या धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।
तुला आज राजनैतिक र न्यायिक कार्यबाट सफलता मिल्ने र रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
वृश्चिक घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् ।
धनु महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शेयर बजारको कारोबार राम्रै होला, तर यात्रा चैं राम्रो नहोला ।
मकर लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा नपरेकै राम्रो हुन्छ ।
कुम्भ आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।
मीन महत्त्वपूणर् कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।






