आजबाट राइजिङ ब्रदर्स छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप २०२४ उदघाटन हुने भएको छ ।
पथरीशनिश्चरे नगरपालिका वडा न. १० को खेलमैदानमा आज फागुन १० गते बिहिबार दिनको ठिक २ बजेको समयमा उदघाटन हुने भएको हो ।
आजको उदघाटन खेल बिर्तामोड यूनाइटेड एफसी र बेलबारी एफसी बिच हुनेछ । दुबै टिमबाट राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने जनाइएको छ ।
नेपाली मुलका भुटानी शरणर्थीहरुले आफनो प्रतिष्ठाको रुपमा खेलाउन सुरु गरिएको यो च्यालेन्ज कप २०२४ मा कञ्चनजङ्घा फुटबल क्लब भारत, बेलबारी फुटबल क्लब, बिर्तामोड युनाईटेड झापा, फेयर क्लब धरान सुनसरी, वीवाइसी वेलडाँगी दमक, पथरी फुटबल क्लब, रारा क्लब धनकुटा, डाँगीहाट फुटबल क्लब मोरङ, सशस्त्र प्रहरी बल पकली सुनसरी र वाइएफसी पथरी सहित १० टिमको सहभागिता रहने छ ।
२२ लाख रुपैयाँ अनुमानित खर्च हुने आयोजित प्रतियोगितामा विजेताले २ लाख १ रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ । हरेक खेलमा म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई ३ हजार रुपियाँ ट्रफि  प्रदान गरिनेछ । खेलको सम्पूर्ण बिधामा नगद पुरस्कार ट्रफि प्रदान गरिने जनाएइएको छ ।

तपाईको प्रतिक्रिया