
पथरी । पथरी शनिश्चरे ८ सखुवाराबाट आज बिहान लुटेर लगेको स्कुटर झापाबाट प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
बिहान ६ बजेको समयमा टियूसन पढाउन हिडेकी शिक्षिका रानु पोख्रेलले चलाएको को २० प ७६६४ डिइओ स्कुटर झापाको रतुवामाईबाट प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
अपरिचित केटा मानिसले पोख्रेलको स्कुटर लुटेर भगाएको थियो । सडकमा बेबारिसे अवस्थामा प्रहरी चौकी केर्खाले भेट्टाएर ल्याएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रहरी प्रबत्ता प्रहरी निरिक्षक ढुण्डीराज गिरी जानकारी दिए ।
इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी गाणेशबहादुर श्रेष्ठका अनुसार चोरीमा संलग्न ब्यत्तीको खोजी भइरहेको जनाएका छन ।






