विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा जहदा गाउँपालिका, मोरङक जहदा वडा नं. ५ मा निशुल्क स्वस्थ्य शिविर संचालन भएको छ ।
दुर्गा माध्यमिक विद्यालयमा एक दिवसीय बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, छाला रोग, हाड जोर्नी तथा नशा रोग, नाक कान घाँटी लगायतका विभागमा ५६३ जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो ।
शिविरमा ४६ जना विरामीको ई. सी. जी., ८८ जना विरामीको अल्ट्रासाउण्ड, १८५ विरामीको प्रयोगशाला परीक्षण नोवेल प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया