आज शुक्रबार आयोजित छलफलका क्रममा निकास नआएपछि विद्यालय परिसरमा नाराबाजी गर्दै अबिभावकहरु ।
पथरी । पथरी शनिश्चरे ७ मा रहेको बाल कल्याण माबिको बिवाद समाधान हुन सकेन ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेतको उपस्थितीमा आज शुक्रबार छलफल भएपनि पूर्व वडा अध्यक्ष कपिलमणि ढकाल विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बन्ने चाहाना गरेपछि बिवादको समाधान हुन नसकेको हो ।
अविभावकहरुबाट नै बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाइनु पर्ने, विगत ७ महिनादेखी विद्यार्थीहरुको रोकिएको दिवा खाजालाई निरन्तरता दिनुपर्ने, विद्यालयमा कार्यरत शिक्षक/शिक्षिका र कर्मचारीको छोराछोरीहरु बालकल्याण माबिमा नै पढाउनु पर्ने लगायतका माग गर्दै विद्यार्थी र अबिभावकहरुले बुधबार नारा जुलुस गरे पछि बिवाद सतहमा आएको थियो ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ७ का निवर्तमान वडा अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष समेत बसिसकेका कपिलमणि ढकाल हाल अबिभावक नरहेकाले अध्यक्ष पद नदिने छलफलमा सहभागी अबिभावकहरुले अडान राखेपछि बैठकबाट निकास नआएको प्रताप लुइटेलले जानकारी दिए ।
पहिलो समस्या चाहीं शिक्षकहरुबाट निस्कीएको बताउदै अहिले राजनितिक रुप लिएको कपिलमणि ढकालले बताए । आफुलाई नगरबाट विद्यालय भित्रको समास्या समाधान गर्न सिफारिस गरेर पठाएको बताउँदै संस्थागत र बरियताको आधारले अध्यक्ष दावी गरेको बताए ।
वडा अध्यक्ष उद्धवराज बस्नेतका अनुसार सोमबार बैठक बसेर समस्या समाधान गरिने गरि आजको बैठक स्थगन भएको जनाएका छन ।

 

तपाईको प्रतिक्रिया