पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. २ ले वडामा रहेका जेष्ठ नागरिकहरुलाई एक दिनको भ्रमण गराएको छ ।
वडामा बसोबास गर्ने ७० जना जेष्ठ नागरिकलाई सुनसरीको बराहक्षेत्र धाम, बुढा सुब्बा, दन्तकाली, पिण्डेश्वर बाबा धाम दर्शन विभिन्न धार्मिक स्थलहरुमा भ्रमण गराएको हो ।
वडाध्यक्ष नैना राई सहित सदस्यहरुले तिर्थयात्रामा सहभागीहरुलाई भ्रमण गराएका थिए ।  तस्वीर सौजन्य नैना राई 

 

तपाईको प्रतिक्रिया