
पथरी । पथरी शनिश्चरे ७ किर्तिपुर मोरङमा आज अस्थाई प्रहरी चौकीको स्थापना भएको छ ।
पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्वापो र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख नवराज कार्कीले संयुत्त रुपमा अस्थाई प्रहरी कार्यालयको स्थापना गरेको हो ।
पथरीशनिश्चरे नगरपालिकाको वडा न. ४, ५, ६ र ७ को संगम स्थलको रुपमा रहेको किर्तिपुर बजारमा असइको कमाण्ड रहने गरि कार्यालयको स्थापना गरिएको थियो ।
हाललाई असइ रामदेव मेहेताको कमाण्डमा ५ जना प्रहरी रहने इलाका प्रहरी कार्यालयका पथरीका प्रमुख गणेशबहादुर श्रेष्ठले जानकारी दिए । चौकीको निर्माण भएपछि कार्य सम्पादन गर्न आएका प्रहरीहरुलाई स्थानियले अबिर र खदा लगाएरमा स्वागत समेत गरेका थिए ।
्हाललाई अस्थाई प्रहरी चौकी किर्तिपुर बजार भित्र रहेको सामुदायिक भवनबाट कार्य सम्पादन गर्ने र केही समय भित्र चौकीको आफ्नै भवन निर्माण गर्न पहल थाल्ने वडा न. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेतले बताए ।
वडा न. ४ वडा अध्यक्ष लोककिरण न्यौपानेले संचालन गरेको कार्यक्रममा वडान. ५ वडा अध्यक्ष चेतेन्द्र खडका लगायत जनप्रतिनिधी स्थानिय अगुवाहरुको उपस्थिती रहेको थियो ।








