कोशी प्रदेशको भौतिक पूर्वाधारमन्त्री कमल प्रसाद जवेगुको कार्यकक्षमा सडक निर्माणको काम ढिलाई भएको प्रति डेलिगेसन गएका पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापो र प्रवत्ता नविनजंग कार्की ।
विजय खम्बु
पथरी । पथरी शनिश्चरे शिविर देखि रंगेलीसम्माको २७ किलोमिटर सडक निर्माणको काम ढिलाई भएकोले तिनजना नगर प्रमुखहरुले कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङमा डेलिगेसन गएका छन ।
हिजो बिहिबार पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापो र वडा न. ८ का वडाअध्यक्ष तथा प्रबत्ता नविनजंग कार्की, रंगेली नगर पालिका प्रमुख दिलिप कुमार अग्रवाल र सुनवर्सी नगरपालिका रंगेली नगरपालिका प्रमुख श्यामप्रसाद राजवंशी डेलिगेसन गएका हुन ।
डेलिगेसन टोलीले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख  भट्टराईलाई भेटेर सडक निर्माणको काम ढिलाई भएको बारे ध्यानाकर्षण गराइएको प्रबत्ता कार्कीले जानकारी दिए । प्रबत्ता कार्कीका अनुसार फागुन २१ गते सोमबारको दिन ठेकेदार कम्पनीसंग जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालयमा छलफल गर्ने तयारी भएको जनाए ।
यो सडक निर्माणको काम नेपाली कांग्रेस पार्टीको रामेछाप जिल्ला सभापति पूर्ण बहादुर तामाङको (कान्छाराम कन्ट्रक्सन) ले १ अर्ब ९४ करोडमा ठेक्का पारेको थियो । संघिय सांसद समेत रहेका तामाङको निर्माण कम्पनीले यो सडक निर्माणको काम ढिलाइ गरेको हुनाले नगरक्षेत्रमा विकासको कामलाई धक्का लागेको स्थानिय बताउँछन । ५ वर्ष सम्मा पनि सडक निर्माणको कामले गति नलिए पछि विचमा अलपत्रै छाडेर भाग्ने हो की भनेर स्थानियहरु चिन्तित हुन थालेका छन ।
५५ फिट चौडाइको यो सडकको पथरीशनिश्चरे नगर भित्रमा डे«न र सामन्य ग्राभेलको मात्रै गरेर लथालिङग रहेको वडा अध्यक्ष तथा नगर प्रबत्ता कार्कीले बताए ।

तपाईको प्रतिक्रिया