बेलबारी । बेलबारी नगरपालिका–२ बस्ने २२ वर्षीय अबिशेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
१७ वर्षकी एक युवतीलाई जबरजस्ती करणि गरेको अभियोगमा हिजो बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले ती किशोरीलाई मंगलबार आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै नवलपरासी पूर्व त्रिवेणी गाउँपालिका–१ बस्ने ६२ वर्षीय सुक बहादुर विक १९ वर्षकी एक युवतीलाई जबरजस्ती करणि गरेको आरोपमा पक्राउ परेका छन ।
हिजो बिहीबार दिउँसो उनि पक्राउ परेका हुन । पिडित किशोरीले सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरी दिएको आधारमा विकलाई ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया