
सामाजिक गतिविधि गरेर बेलुका घर फर्कदा बाख्रालाई घाँस काट्दै गरेको अवस्थामा भेटिइएकी थिइन ।
विजय खम्बु
समाजमा रहेका तमाम समस्याहरुको जड एउटा ब्यात्तीबाट समाधान हुदैन । त्यसैले त समाजको लागी योगदान गर्ने मानिसहरु पनि कसैले आर्थिक, भौतिक, नैतिक तथा मानसिक रुपमा फरक फरक सहयोग गरिरहेको हुन्छ ।
कृष्णकुमारी राई समस्याहरुको समाधान हो, भन्दा अत्यायुत्ती नहोला । त्यसैले त समाजमा भइरहेको महिला हिंसा, सामाजिक बेमेलता, नागरिकता लगायत कागजी समस्याहरुलाई समाधान गर्न मन वचन र कर्मले लाग्ने एक होनाहार पात्रको नाम स्थापित भयो ।
पथरी शनिश्चरे १ यलम्बरचौक मोरङमा विगत ३५ वर्षदेखी बसोबास गरिरहेकी कृष्णकुमारी राईले समाजमा हुने हरेक समस्याहरुमा जोडिएर काम गर्ने अवसर पाइन । राईले काम गर्ने क्रममा कति समस्याहरु समाधान भयो । कति समाधान हुन सकेन । तर धरै समस्याहरु समाधान भएका छन ।

कृष्णकुमारी राईले बिशेष गरि २०५६ देखी २०७० साल सम्मा अनावरत रुपमा सामाजिक काम गरिन । देशले मुडभेट भिडन्त भोगिरहेको अवस्थामा सामाजिक काम गर्नु कम जोखिमपूर्ण अवस्था थिएन ।
्महिला, दलित, पिछाडीएका गरिब मानिसहरु हरेक समस्या लिएर कृष्णकुमारी राईको घरमा दैनिक आउँथे । कतिपया समस्याहरु घर गाँउमा गएर छलफल गरेर समाधान गरिदिन्थे । कतिपय समस्याहरु प्रहरी कार्यालयसम्मा पुग्थ्यो भने कतिपय समस्याहरु अदालतसम्मा पुगेको स्मरण गर्छिन ।
अधिकांस समय समाजसेवामा काम गर्ने कृष्णकुमारी राईले आफनो ब्यात्तीगत खर्च उर्पाजनको लागी रक्सी बनाउने, सुङगुर पालेर बेच्ने काम गर्छिन । दाउरा काटन जंगल जान्छिन । थाप्लामा दाउराको भारी बोकेर घरमा ल्याउछिन ।

लुङगी र भेष्ट
अधिकांस समय समाजसेवा बिताउने कृष्णकुमारी राई खोटाङ दित्तेलको साकेला गाउँपालिका २ रतन्छामा जन्म वि. सं.२०१९ भाद्र महिनामा जन्मीएकी हुन । पारिवारिक आर्थिक अवस्था सामन्य हो ।
त्रिबिबाट इतिहासमा स्नाकोत्तर गरेकी राई प्रदेश न. १ को सांसदसम्मा भइन । ५ वर्षको कार्यकाल बिवाद रहित छवि बनाएर भूमिका निर्वाह गरेकी राईले समाजमा पुर्याएको योगदानमा आधाररित रहेर पुस्तक प्रकाशनको तयारी भइरहेको छ ।
पथरीशनिश्चरे ७ किरातीचौक मोरङ निवासी कृष्णाकुमारी विकको अगुवाईमा यो काम भइरहेको छ । करिब ८० जना भन्दा बढी लेखकहरुले लेख्नु भएको लेख र रचना यो पुस्तकमा पढन पाइनेछ ।







