
पथरी । राइजिङ ब्रदर्स सुजना छैठौं अन्तरास्ट्रिय आमन्त्रण च्यालेन्ज २०८० को उपाधी आयोजक वाईएफसी जितेको छ ।
प्रस्तावित नगर रंगसाला पथरी शनिश्चरे १० मा आज फागु २० गते संचालन भएको खेलमा बीवाईसी बेलडाँगी झापालाई १–० अन्तरले पराजित गर्दै आयोजकले च्यालेन्ज जितेको हो ।
आयोजकको तर्फबाट पहिलो हापको १२ औ मिनेटमा सागर तिवारीले गोल नै निर्णयक भएको थियो ।
फागुन १० गतेबाट संचालन भएको खेलमा विजेता आयोजकले २ लाख १ रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त भने उपविजेता बेलडाँगीले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र चित्त बुझायो ।
दर्शकको बाक्लो उपस्थिती र अफ्रिकन खेलाडी दुबै टोलीबाट खेलाएबको खेल आक्रमक र अकर्षक देखियो । प्रतियोगिमा म्यान आफ द सिरिज शनिश्चरे शिविरका खेलाडी राजु मगर घोषित भए, त्यसैगरी उदियमान खेलाडी शनिश्चरे शिविरकै न्युसन धिमाल, बेष्ट फरवार्ड सागर क्षेत्री र बेष्ट कोच अशोक राई पुरस्कृत भए ।
बेष्ट मिड फिल्डर बेलडाँगी शिविरका खेलाडी उमेश कार्की र हाइ स्कोरर नाइजेरियन खेलाडी डेबिड पुरस्कृत भए ।






