पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ३ का जनप्रतिनिधीहरुले नागरिकका घरमा पिउने पानी पुर्याउने लक्ष साथ काम गरिरहेको छ ।
वडा न. ३ का वडा अध्यक्ष विजय लिम्बु सहित जनप्रतिनिधीहरु स्वास्थ्य र सफ पिउने पानी वडाबासीको प्रत्येक घरमा पुर्याउने लक्ष सहित काम गरिरहेको हो ।
आज मुत्तीचौक वनेम टोल हुँदै सेवारो चौकसम्मा २२ सय मिटर पाइपलाइन खनेर सुरुवात गरेको वडा अध्यक्ष लिम्बुले बताए ।
पाइप लाइन खनेको स्थानमा पथरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिले पाइप बिच्छाएर पानी वितरण गर्ने वडा अध्यक्ष लिम्बुले जनाए ।
पाइपलाइन खनेर पानी पुर्याउन सम्बन्धीत संस्थासंग समन्वय गर्न स्थानिय अगुवा गोबिन्द वनेमलाई रेखदेखको जिम्मा दिएको छ । आगामी वर्षको बजेटमा अधिकतम योजना खानेपानीको लागी बिनियोजन गरेर काम गर्ने वडा अध्यक्ष लिम्बुले बताए ।

तपाईको प्रतिक्रिया