विजय खम्बु
पथरी । पथरी शनिश्चरे नगरपालिका ७ लामाटोलमा हत्या गरिएकी वर्ष १५ की बालिका ज्ञानुमती राईलाई हत्यामा संलग्न वर्ष ३८ का धिरेन कुमार खाँ चौधरीले भारत लाने असफल प्रयास गरेको खुलेको छ ।
सामाजिक संजाल फेसबुकबाट चिनजान भएर प्रेममा परेका ज्ञानमती राईलाई र धिरेन कुमार खाँ चौधरीले २०८० असार १३ गते विराटनगर रानी भन्सारबाट भारत कटाउने असफल प्रयास गरेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले आज मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइए अनुसार त्यसबेला माइती नेपालको मार्फत आफन्तको जिम्मा लगाएको जनाइएको छ ।
प्रहरीले त्यसबेला भान्जा दाजु साइनो पर्ने पथरी शनिश्चरे ७ लामाटोल मोरङमा सुम्निमा होटलका संचालक बिनोद राईले जिम्मा बुझिलिएको जनाइएको छ ।
विगत २ वर्षदेखी विनोद राईको घरमा बसोबास गरेर पथरी शनिश्चरे १ मोरङको पंचायत मावि कक्षा ७ मा अध्ययनरत थिइन ।
प्रहरी अनुसन्धानबाट मृतक राईको फेसबुक, इन्साट्राग्राम र इमोका एकाउन्ट रहेको खुलेको जनाइएको छ । अभियुत्त चौधरीको १ श्रीमती हाल विदेशमा रहेको र १ जना बच्चा पनि रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक सुशिल कुमार पाण्डेले जनाए ।
राती १०:१० बजेको समयमा शरिरको बिभिन्न भागमा धारिलो हतियार प्रहार गरेर फरार भएका उनलाई प्रहरीले बेलबारी नगरपालिकाको भाउन्ने जंगलछेउबाट राती २:३० बजेको समयमा सडकमा खालीखुट्टा हिडिरहेको अवस्थामा पक्राउ परेका थिए ।
प्रहरीले जानकारी दिए अनुसार अभियुत्त चौधरीले हत्या गर्न प्रयोग गरेको खुकुरीको दाप र उनको जुत्ता प्रहरीले बरामद गरेको थियो । अभियुत्त चौधरीको स्थाइ ठेगाना ग्रामथान ४ मोतिपुर घरमा उनका बृद्ध बाबु मात्रै बस्ने गरेको उनि विगत ३ महिना अगाडीदेखी बाराको सिमरामा बसोबास गर्ने अनुसन्धानको क्रममा खुलेको प्रहरी जनायो । मृतक ज्ञानुमती राईको स्थाई ठेगाना एसेलु खर्क गापा ६ सल्ले खोटाङ रहेको छ ।

तपाईको प्रतिक्रिया