
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. १ को मन्दिरलाइनबाट बुद्धचौकसम्माको सडक पुन: निर्माणको काम सुरु भएको छ ।
संघिय सडक डिभिजन कार्यालयको २ करोड ६० लाख रुपैयाँको लागतमा सडक पुन: निर्माणको काम सुरु भएको हो ।
यो सडकको चौडाई ११ मिटर रहने स्तरिय कालोपत्रे सडक निर्माण हुने पथरीशनिश्चरे नगरपालिका वडा न. १ का वडा अध्यक्ष भिमकुमार राईले बताए ।





