
पथरी । प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेस महासमिति सदस्य डा. सुनिल कुमार शर्माले पथरी/डाइनिया सडक पुर्ननिर्माणको लागी आवश्यक बजेटको लागी पहल कदमी भइरहेको बताएका छन ।
हिजो फागुन २५ गते पथरी शनिश्चरे १ भित्रको मन्दिरलाइन/ बुद्धचौक सडक पुर्ननिर्माणको अनुगमनका क्रममा डा. शर्माले यस सडकको पुर्ननिर्माणको लागी आवश्यक बजेटको पहल कदमी भइरहेको बताएका हुन ।
मन्दिरलाइन/बुद्धचौक सडक संघिय सडक डिभिजन कार्यालयको २ करोड ६० लाख रुपैयाँको लागतमा सडक पुन: निर्माणको कामको डा. शर्माले अनुगमन गरेका थिए ।






