पथरी । फ्रेण्डसिप चेस क्लव पथरी शनिश्चरेको मोरङले प्रथम साधरण सभा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ ।
पथरी शनिश्चरे २ को साल्पा होटलमा आयोजित बृहत साधरण सभाबबाट अमिर राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
समितिको उपाध्यक्षद्धयमा अर्जुन जम्नेली राई र रोहित सुब्बा सचिव लोकसागर साम्बा सहसचिव तुलसी भण्डारी, कोषाध्यक्ष डम्बर बाछाना राई, सर्बसम्मत निर्वाचित भए ।
यस्तै सदस्यहरुमा निलम बस्नेत, पुकार राई रवि मादेन पवन राई बलबहादुर बस्नेत र नेत्र तुम्बापो चयन गरिएको नव निर्वाचित अध्यक्ष अमिर राईले जानकारी दिए ।
नव निर्वाचित टिमले शहिद र रत्नकुमार बान्तावाको स्मृतिमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो संस्करण संचालन गर्ने निर्णय गरेको जनाइएको छ ।
चैत्र २७ गते देखी ३० गतेसम्मा ४ दिवसिय राष्ट्रिय ब्यापी बुद्धिचाल प्रतियोगिता गराउने र पथरी शनिश्चरे नगरपालिका मुख्य प्रायोजक रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया