
पथरी । पथरी शनिश्चरे नगर पालिकाको स्वास्थ्य शाखाले दादुरा रुबेला खोप अभियान संचालन गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज फागुन २६ गते शनिबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा १ दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख मोहन तुम्वापोको अध्यक्षतामा अभिमुकरणको सहजीकरण कोशी प्रदेश स्वास्थ्य निर्देशनालय विराटनगरका भरत भण्डारीले गरेका थिए ।
अभिमुखिकरण कार्यक्रममा नगर पालिका उपप्रमुख देवीमाया काफले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविका र संचारकर्मीहरुको उपस्थिती रहेको थियो । नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले सञ्चालन गरेको कार्यक्रम जगत बहादुर मगरले स्वागत मन्तव्य राखेका थिए ।
फागुन २९ गतेदेखि चैत ७ गतेसम्म पथरी शनिश्चरे नगरपालिकाका सबै वडाहरूमा ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाहरुका लागि दादुरा–रुवेला खोप अभियान संचालन हुँदैछ ।





