पथरी । पथरी शनिश्चरे नगरपालिका मोरङमा कार्यरत स्वास्थ्यकर्मीहरुको अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
नगरमा कार्यरत ५० जना भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई दादुरा रुबेला खोप अभियान २०८० स्वास्थ्यकर्मीहरुको अभिमुखीकरण सम्पन्न भएको हो ।
अभिमुखीकरण कार्यक्रमको लागि प्रदेश स्वास्थ्य निर्देशनालय विराटनगरका भरत भण्डारीले सहजीकरण गरेका थिए ।
भोली फागुन २९ गतेदेखी चैत्र ४ गतेसम्मा दादुरा रुवेला रोग संक्रमणको विरुद्धमा खोप अभियान संचालन हुने नगर जनस्वास्थ्य कार्यालयका बरिष्ठ अधिकृत एकराज खत्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया