विराटनगर । फाकफोक थुम गाँउपालिका वडा नं. ७ इलाममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग संचालित स्वास्थ्य शिविरमा १३ सय जना भन्दा बढीले सेवा लिएका छन । फाल्गुण २५ र २६ गते सम्पन्न बृहत दुई दिवसिय नि:शुल्क स्वास्थ्य शिविरमा १३ सय बढी बिरामी प्रत्यक्ष सेवा लिएका हुन ।
फाकफोक थुम गाँउपालिका वडा नं. ७ इलामले आयोजना गरेको उत्त शिविरमा विरामीले नि:शुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए ।
स्वास्थ्य शिविरमा जेनेरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, जेनेरल सर्जरी, हाड जोर्नी तथा नशा रोग, छाला रोग, नाक कान घाँटी रोग, दन्त रोग, आँखा रोग लगायतका विभागमा विशेषज्ञ चिकित्सकहरुले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
यस शिविरमा १७५ जनाको अल्ट्रासाउण्ड (भिडियो एक्सरे), १२५ जनाको ई. सि. जि. २५० जनाको प्रयोगशाला परीक्षण र २५ जनाको दाँत खोलिएको छ भने ७३ जना विरामीलाई थप उपचारको लागि रिफर गरिएको छ । रिफर भएका विरामीको नोवेलमा आई उपचार गराउदा २५ प्रतिशत छुट हुने नोवेलका जनसम्पर्क अधिकृत नविन दाहालले बताए ।
मोरङ क्षेत्र न. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको अगुवाईमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विभिन्न संघ सस्थाहरुको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविरहरुको आयोजना गर्दै आएको छन ।
स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमको अध्यक्षता फाकफोक थुम गाँउपालिका वडा नं. ७ का अध्यक्ष छत्र लिम्बु गरेका थिए भने कार्यक्रमका प्रमुख अथिति फाकफोक थुम गाँउपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई अतिथी, समाजसेवी हर्क धमला, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया