
पथरी । प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा र सडक बोर्डको कार्यकारी निर्देशक गणेश केसीको नेतृत्वमा मोरङ क्षेत्र न. ३ को सडकहरुको अनुगमन गरेका छन ।
कानेपोखरी आइतबारे हुँदै सुन्तली सडक, पथरी शनिश्चरे १ को मन्दिर लाइन, रिगुवा सम्झाना चौक हुदै किर्तिपुर जोडने र पिपल चौक, आइतबारे, देवीगंज हुदै हुनमान चौक जोडने सडकको अनुगमन गरेका हुन ।
यस अनुगमनमा कोशी प्रदेश सभा सदस्यद्धय मानबहादुर लिम्बु, गिता तिम्सीना र सडक डिभिजन मोरङका प्रमुख राजेन्द्र प्रसाद शाहको सहभागिता रहेको थियो ।
अब बिभिन्न सडकहरुको काम गर्नको लागी आफुहरु आएको प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले बताए ।
अनुगमनमा आएका टोलीलाई नेपाली कांग्रेसका क्षेत्रिय सभापति गणेश खड्का र कविता पराजुलीले माला लगाएर स्वागत गरेका थिए ।






