पथरी । पथरीशनिश्चरे नगरमा रहेका राजनितिक दलको उम्मेद्धवार मनोनयन दर्ता आज रहेको छ ।
मेयर, उपमेयर, वड अध्यक्ष, वडा सदस्य, खुल्ला महिला सदस्य र दलित महिला सदस्यहरुको उम्मेद्धवारी मनोनयन दर्ताको अन्तिम समय आज रहेको रहेको हो ।
नेकपा (एकिकृत समाजवादी) सबै भन्दा पहिलो नम्बरमा रहेको छ । निर्वाचन आयोगको नेपाल तथा निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० बजेदेखी ११ः ३० समय सम्मा नेकपा एस पार्टीले आफनो उम्मेद्धवारी दर्ता गरिसक्नु पर्ने छ ।
त्यस पछि नेपाली कांग्रेसको समय रहेको छ । नेपाली कांग्रेसलाई ११ः३५ देखी १ बजे सम्माको समयमा मनोनयन दर्ता गरिसक्नु पर्नेछ ।
१ः०५ बजेको देखी २ः ३० बजेको समयसम्मा नेकपा माओबादी केन्द्रको समय निर्धारण गरेको छ भने २ बजेदेखी नेकपा एमालेको मनोनयन दर्ताको समय रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको ।

तपाईको प्रतिक्रिया